सुनको मूल्य दुई दिनमै ८ हजार ५ सय रुपैयाँले घट्यो
काठमाडौं । पछिल्लो दुई कारोबार दिनमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकिएको छ ।
गत दुई दिनको अवधिमा मात्रै सुन प्रतितोला ८ हजार ५ सय रुपैयाँले सस्तो भएको हो । अघिल्लो कारोबार दिनको तुलनामा आज मात्रै ४ हजार ५ सय रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ । त्यसअघि शुक्रबार पनि ४ हजार रुपैयाँले गिरावट आएर सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने सुनको मूल्य ३ लाख २ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।
यसरी हेर्दा बिहीबारदेखि आइतबारसम्मको छोटो अवधिमा सुनको भाउ लगातार घट्दै कुल ८ हजार ५ सय रुपैयाँले तल झरेको देखिन्छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार ६० रुपैयाँमा झरेको छ । बिहीबार चाँदी ५ हजार ७४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस