• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

डलरको खरिददर १५३ रुपैयाँ २५ पैसा, बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा कायम

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा कायम गरिएको छ । क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८७ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने पनि जनाएको छ ।

प्रतिकृया दिनुहोस