काठमाडाैंमा भाेलि बर्गर बिजनेस कन्फ्रेन्स आयाेजना हुँदै, सबै तयारी पूरा
काठमाडाैं । काठमाडाैंमा बर्गर व्यापार सम्मेलन-२०२३ (बर्गर बिजनेस कन्फ्रेन्स) आयाेजना हुने भएकाे छ ।
द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनकाे आयाेजनामा जेठ ३१ गते बुधबार साे सम्मेलन आयाेजना हुन लागेकाे हाे । द बर्गर हाउसका संस्थापक वसन्त लामाका अनुसार सम्मेलनकाे सबै तयारी पूरा भएकाे छ ।
चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा आयाेजना हुने सम्मेलनमा व्यापार वृद्धि कार्यशाला, नीति विकास, पुरस्कार र सम्मान समाराेह तथा लाइभ म्युजिक कन्सर्ट गरी चार सत्र सञ्चालन हुनेछन् ।
सम्मेलनकाे पहिलाे र दाेस्राे शत्रमा बर्गर हाउसका संस्थापक लामासहित पूर्व मन्त्री एवं नेकपा एमालेका नेता पार्वत गुरुङ र अर्थविद् एवं रास्वपा सांसद् स्वर्णिम वाग्लेकाे उपस्थिति रहनेछ । बर्गर ग्रुपका सिइयाे विनाेद तामाङ, कर्पाेरेट ट्रेनर केपी भुसाल र माेटिभेस्नल स्पिकर विकासदेव याेञ्जनले पनि विचार राख्नुहुनेछ ।
पुरस्कार तथा सांगितिक शत्रमा वरिष्ठ हास्य कलाकार मनाेज गजुरेल र जितु नेपाल तथा गायकहरु विश्व दाेङ, सुवास लामा लगायतकाे प्रस्तुति रहनेछ ।
.jpg)


प्रतिकृया दिनुहोस