युवाहरु व्यवसायमा जाेडिनुपर्छ : माहाराज गुरुङ
काठमाडाैं । नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष माहाराज गुरुङले युवाहरु कुनै न कुनै व्यवसायमा जाेडिनुपर्ने बताउनुभएकाे छ ।
द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनले बुधबार काठमाडाैंकाे चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा आयाेजना गरेकाे बर्गर बिजनेस कन्फ्रेन्समा बाेल्दै उपाध्यक्ष गुरुङले स्वराेजगारका लागि युवाहरु व्यवसायमा जाेडिनुपर्ने बताउनुभयाे । व्यवसाय गर्न चाहाने युवाहरुलाई एमाले र युवा संघले सधैं युवाहरुलाई व्यवसायमा जाेडिन उत्प्रेरित गर्दै आएकाे उहाँले बताउनुभयाे ।
अझै पनि लाखाैं युवाहरु नेपालमा सम्भावना नदेखेर विदेश गइरहेका बेला केही युवालाई देशमै राेजगारी दिएकाे उपाध्यक्ष गुरुङले बर्गर हाउसलाई धन्यवाद दिनुभयाे ।
देशकाे अर्थतन्त्र इतिहासकै खराब अवस्थाबाट गुज्रिरहेकाे बेला व्यवसाय गर्न निक्कै चुनाैती रहेकाे भन्दै उहाँले यस्ताे अवस्थामा पनि कसरी व्यवसाय गर्न सकिन्छ भनेर उपाय दिने काम गरेर बर्गर हाउसले आफूलाई नमुनाकाे रुपमा प्रस्तुत गरेकाे बताउनुभयाे । उपाध्यक्ष गुरुङले भन्नुभयाे - 'निराश भएका व्यवसायी र युवालाई उत्प्रेरक वक्ता ल्याएर जुन उर्जा थप्ने काम बर्गर हाउसले गरेकाे छ, याे सम्मान र प्रशंसायाेग्य छ ।'
युवालाई व्यवसायमा जाेड्ने काममा बर्गर हाउसले आगामी दिनमा पनि यस्तै सकारात्मक कदम चालाेस् भन्ने शुभकामना समेत उहाँले दिनुभयाे । बर्गर हाउसकाे अहिलेसम्म देशभर १ सय ४८ वटा शाखा छन् ।


प्रतिकृया दिनुहोस