• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

अब यातायात मन्त्रालयले आफैंले विद्युतीय बस चलाउने

सनराइज खबर संवाददाता

काठमाडौं । साझा यातायातले विद्युतीय बस चलाउन बेवास्ता गरेपछि यातायात मन्त्रालयले नै संचालन गर्ने भएकाे छ । 

साझा यातायातले सरकारसँग पैसा लिएर पनि काम अगाडि बढाउन ढिलाइ गरेपछि सरकारले लगानी स्वरुप दिएकाे ३ अर्ब फिर्ता लिने निर्णय गरेकाे हाे ।

याे सँगै विद्युतीय बस स‌ंचालनकाे जिम्मा सरकारले भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिएकाे छ । यसका लागि मन्त्रालयलाई सरकारले अर्थ मन्त्रालयमार्फत् ३ अर्ब दिने भएकाे हाे  । 

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार आयाेजित नियमित पत्रकार सम्मेलनमा बौल्दै विद्युत्तीय बसका लागि साझालाई दिएको रकम सरकारले फिर्ता लिने निर्णय गरेको जानकारी दिए। 

उनले भने – ‘साझाले निर्धारित समयमा बस सञ्चालन गर्न नसकेको हुँदा सरकारले सेयर बापतकाे लगानी गरेको ३ अर्ब फिर्ता लिने निर्णय गरेको छ।’

सेयरका साथै सरकारले अहिलेसम्मकाे ब्याज पनि फिर्ता लिने भएको छ । त्यसमध्ये ३ अर्ब भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइने उनले बताए । 

यसअघि गत ०७५ पुष ९ मा सरकारले विद्युतीय बस चलाउने निर्णय गरेकाे थियाे । साेही आधारमा ०७६ असार २४ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले साझा यातायातलाई ३ सय वटा विद्युत्तीय बस किन्‍न सरकारले ३ अर्ब रुपैंया सेयरका रुपमा दिएकाे थियाे ।

 

प्रतिकृया दिनुहोस