• ३० असोज २०८३, शुक्रबार
  • Friday,16 October,2026

सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान गर्ने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान गर्ने हुनुभएकाे छ  । काठमाडौं फिल्म फेस्टिभलको औपचारिक घोषणा तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले उहाँको भ्रमण हुन लागेको हो ।

कार्यपालिका बैठकमा जानकारी दिँदै उहाँले फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसार नै आफ्नो भ्रमणको मुख्य एजेन्डा रहेको बताउनुभयो । महानगरपालिकाले ‘काठमाडौं फिल्म फेस्टिभल’ को पूर्वतयारीस्वरूप स्थानीय स्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उहाँका अनुसार ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रममार्फत समुदायमा आधारित फिल्म, संगीत तथा सिर्जनात्मक उद्योगसँग सम्बन्धित विविध विषयमा छलफल गरिनेछ । यसले महोत्सवका लागि सकारात्मक वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।

भ्रमण अवधिभरका लागि कार्यवाहक प्रमुखको जिम्मेवारी वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई दिइएको महानगरपालिकाले जनाएको छ । कान्स फिल्म फेस्टिभल मे १२ देखि सुरु भई मे २३ (जेठ ९) मा समापन हुनेछ ।

प्रतिकृया दिनुहोस
↑