• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

‘ह्विल लक’ नै भाँचेर गाडी फरार, महानगरको कडा कारबाही

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अनधिकृत पार्किङविरुद्धको निगरानी अझ कडा बनाएको छ। दरबारमार्ग क्षेत्रमा नियम उल्लंघन गर्दै पार्किङ गरिएको एउटा सवारीसाधनले महानगर प्रहरीद्वारा लगाइएको ‘ह्विल लक’ नै भाँचेर गाडी लगेको घटना सार्वजनिक भएपछि महानगरले कारबाही अघि बढाएको हो।

महानगर प्रहरी बलका अनुसार वडा नम्बर–१ अन्तर्गत दरबारमार्ग क्षेत्रमा २०८३ साल जेठ ५ गते बा.प्र–३ ०३२ च ४२१४ नम्बरको गाडी निषेधित क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको थियो। त्यसपछि नियमअनुसार उक्त गाडीमा ‘ह्विल लक’ लगाइएको थियो।

तर चालकले महानगरको चेतावनी र नियमलाई बेवास्ता गर्दै ‘ह्विल लक’ नै भाँचेर गाडी लगेको पाइएको महानगरले जनाएको छ। घटनापछि महानगर प्रहरी बलले ट्राफिक प्रहरीसँग समन्वय गरी सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो।

महानगरले सम्बन्धित चालकलाई नयाँ ‘ह्विल लक’ खरिद गर्न लगाउनुका साथै नियमानुसार जरिवाना समेत तिराएको जनाएको छ।

यस घटनालाई महानगरले सार्वजनिक सम्पत्तिमाथिको क्षति र ट्राफिक व्यवस्थामाथिको चुनौतीका रूपमा लिएको छ। 

प्रतिकृया दिनुहोस