• २९ असोज २०८३, बिहीबार
  • Thursday,15 October,2026

असार दोस्रो साताभित्र एमाले केन्द्रीय कमिटी बैठक बस्ने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक असार महिनाको दोस्रो साताभित्र आयोजना गर्ने तयारी गरेको छ । आइतबार सम्पन्न सचिवालय बैठकले पार्टीको आगामी कार्ययोजना र संगठनात्मक विषयमा छलफल गर्न बैठक बोलाउने निर्णय गरेको हो ।

उपमहासचिव लेखराज भट्ट का अनुसार बैठकको मिति अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीचको परामर्शपछि अन्तिम रूपमा तय गरिनेछ ।

 

प्रतिकृया दिनुहोस
↑