• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

सुन्दरादेवी जनशक्ति युवा क्लबद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

तादी । विश्व वातावरण दिवस २०२६ को अवसरमा सुन्दरादेवी जनशक्ति युवा क्लबको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

वातावरण संरक्षणलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रम युवा समाजसेवी तथा क्लबका सचिव राम हरि पौड्याल लगायतको पहलमा सफलतापूर्वक सम्पन्न भएको क्लबले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहकार्य तथा समन्वय गरिदिनु भएका पञ्चकन्या आधारभूत विद्यालय, तादी–४   प्रति क्लबले हार्दिक आभार व्यक्त गरेको छ।

वातावरण संरक्षणलाई एक दिनको अभियान मात्र नभई दीगो भविष्य निर्माणको साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै सहभागीहरूले वृक्षरोपणमार्फत हरियाली प्रवर्द्धनमा जोड दिएका छन्।

कार्यक्रम अन्तर्गत बिहान १० बजे पञ्चकन्या आधारभूत विद्यालय, तादी–४ काउलेबाट सुरु भएको वृक्षरोपण बाघमारा क्षेत्रमा सम्पन्न गरिएको हो।

प्रतिकृया दिनुहोस