भारतले अफगानिस्तानलाई हराउँदा वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित
काठमाडाैं । एकदिवसीय विश्वकप अन्तर्गत शनिबार भारतले अफगानिस्तानलाई ११ रनले पराजित गर्दा वेस्ट इन्डिज न्युजिल्यान्डसँग ५ रनले पराजित भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ६७ रनको योगदान दिए । यस्तै केदार जाधवले ५२, के एल राहुलले ३०, विजय शंकरले २९, र महेन्द्रसिंह धोनीले २८ रन जोड्दा हार्दिक पान्ड्या ७ र रोहित शर्मा १ रनमा आउट भए ।
अफगानिस्तानका लागि मोहम्मद नाबी र कप्तान गुलवदीन नाइबले २-२ विकेट लिए । राशिद खान, रमात शाह, मुजिव उर रहमान, अफ्तव आलमको नाममा एकएक विकेट रह्यो ।
२ सय २५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४९.५ ओभरमा अल आउट हुँदै २ सय १३ मात्र जोड्यो । नाबी हार्दिक पान्ड्याबाट ५२ रनमा क्याच आउट भएका थिए ।
रामत शाहले ३६, गुवदीन नाइबले २७, हशमतुल्लाह साहिदीले २१, राशिद खानले १४ र हज्रतुल्लाह जजाईले १० रन जोडे । भारतका लागि मोहम्मद सामीले ४ विकेट लिए । त्यस्तै जसप्रित बुमराह, युजवेन्द्र चाहल र हार्दिक पान्ड्याले २-२ विकेट लिए ।
वेस्ट इन्डिज न्युजिल्यान्डसँग पाँच रनले पराजित
यसैगरी शनिबार नै भएको अर्को खेलमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग ५ रनले पराजित भएको छ । २ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४९ ओभरमा २ सय ८६ रन जोड्दै अल आउट भयो ।
वेस्ट इन्डिजका लागि कार्लोस ब्रेथवेटले १ सय १ रनको शतकीय पारी खेले । यस्तै क्रिस गेलले ८७ र शिमरोन हिटमायरले ५४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
न्युजिल्यान्डका लागि टेन्ट्र बोल्टले चार विकेट लिए । त्यस्तै ल्योकी फग्र्युसनले तीन विकेट हात पार्दा म्याट हेनरी, जेम्श निशम र कोलिन डी ग्राण्ड होमले एकएक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९१ रन बनाएको थियो । उसका लागि विलियमसनले एक सय ४८ रनको उत्कृष्ट पारी खेले । न्युजिल्यान्डले मार्टिन गुप्टिल र कोलिन
मुनरोलाई शून्यमा गुमाउदा रोश टेलरले ६९, जेम्श निशमले २८, कोलिन डी ग्राण्ड होमले १७, टम लेथम १२ र मिचेल सान्टनार १० रन जोडे ।
वेस्ट इन्डिजका लागि शिल्डन कर्टेलले खर्चेर चार विकेट लिए । त्यस्तै कार्लोस वर्थवेटले २ र क्रिस गेलले १ विकेट लिए ।


प्रतिकृया दिनुहोस