• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई चीनले दियो विद्युतीय सवारीसाधन (तस्विरहरु)

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । चीन सरकारले काठमाडौंको क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन प्रदान गरेकाे छ ।

शनिबार आयाेजित एक कार्यक्रमबीच नेपालका लागि चिनियाँ राजदूत छन सोङले विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गर्नुभएकाे हाे ।

अस्पताललाई विद्युतीय सवारीसाधन हस्तान्तरण गर्न पाउँदा खुशी लागेकाे रानदूत साेङले बताउनुभयाे । उहाँले चीन र नेपालको सम्बन्ध थप सुद‍ृढ बनाउन चीन प्रतिबद्ध रहेको पनि बताउनुभयाे ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वमै चर्चाको विषय बनेको कार्बन्डाईअक्साइड कम उत्सर्जन गर्नको लागि विद्युतीय गाडीहरुको ठूलो भूमिका रहेको बताउनुभयाे । उहाँले सहयाेगका लागि चीन सरकारलाई धन्यवाद दिनुभयाे । नेपाल छिमेकी मुलुकसँग सुमधुर र राम्राे सम्बन्ध कायम राख्न चाहने मन्त्री सिंहले बताउनुभयाे ।

हेर्नुस् तस्विर (तस्विर स्राेत-नेपालका चिनियाँ राजदूत) :

प्रतिकृया दिनुहोस