काठमाडौंका यी ठाउँमा आज ४ घण्टा बत्ती नआउने
काठमाडाैं । काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न ठाउँमा आज ४ घण्टा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले सूचनामार्फत जानकारी दिएकाे छ ।
महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताल लगायत ठाउँमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिनेछ ।
ती ठाउँमा प्राधिकरणको केवल लाइन विस्तार र मर्मतलगायत काम गर्नुपर्ने भएकाले लाइन काट्न लागिएकाे प्राधिकरणले जनाएकाे छ । ताेकिएकाे समय अगावै काम भए बत्ती पनि ताेकिएकाे समय अघि आउने पनि प्राधिकरणले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस