• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सनराइज खबर संवाददाता

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक, २०८३ सम्बन्धी छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ।

संसद् सचिवालयका अनुसार युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकहरूमाथि उठेका विषयमा मन्त्रीहरूले आफ्नो धारणा प्रस्तुत गर्नेछन्।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतका विनियोजन शीर्षकहरूमाथि भएको छलफलमा उठेका प्रश्नहरूको समेत आजको बैठकमा जवाफ दिइनेछ।

प्रतिनिधिसभाको आजको बैठक बजेटमाथिको विस्तृत छलफललाई निष्कर्षतर्फ लैजाने उद्देश्यका साथ केन्द्रित रहने संसद् सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस