• २५ असोज २०८३, आइतबार
  • Sunday,11 October,2026

प्रतिनिधि सभामा राष्ट्रिय परिचयपत्र विधेयकमाथि छलफल हुने

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधिसभा बैठक आज (सोमबार) दिउसाे १ बजे बस्दै छ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको चौथो अधिवेशन चल्दै छ  । 

बैठक संख्या ५१ पुगेको छ । 

आज बस्ने बैठकको कार्यसूचि यस्तो छ ।

संलग्न सूचीमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तीनको उत्तर दिइने कार्यसूचि  छ ।

बैठकमा राष्ट्रपतिको कार्यालयको पत्र सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।

विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले “विज्ञापन (नियमन गर्ने) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यतालीका छ ।

व्यवस्थापन कार्य तर्फ गृहमन्त्री रामबहादुर थापाले “राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयकमाथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ । त्यसैगरी गृहमन्त्री थापाले नै “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयकलाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालीका छ ।

प्रतिकृया दिनुहोस
↑