प्रतिनिधि सभामा नागरिक लगानी कोष विधेयकमाथि छलफल हुने
काठमाडौं । प्रतिनिधिसभा बैठक आज (मंगलबार) दिउसाे ३ बजे बस्दै छ । चौथो अधिवेशन अन्तर्गत ५२ औ बैठकमा छलफल हुने कार्यसूचि यस्तो छ ।
व्यवस्थापन कार्य तर्फ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
अर्थ मन्त्री डा युवराज खतिवडाले 'नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।
यस्तै गृहमन्त्री रामबहादुर थापाले 'राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधयकमाथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ । अाजको बैठकमा गृहमन्त्री थापाले नै 'राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयकलाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालीका छ ।


प्रतिकृया दिनुहोस