• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

सत्तापक्षको हर्कत : संघीय संसद्को अधिवेशन सकियो

सनराइज खबर संवाददाता

काठमाडौं । संसदीय गतिरोध अन्त्य गर्न कुनै पहल नगरी सत्तापक्षले संघीय संसद्को अधिवेशन अन्त्य गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पदीय आचरण विपरित घोर आपत्तिजनक काम गर्न थालेपछि प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएको थियो । 

सभामुख अग्निप्रसादले विगतका नजीर र संसदीय परिपाटी विपरित काम गर्न थाल्नुभएपछि एमालेले सदन अवरोध गर्दै आएको थियो । 

सदनको अवरोध खोल्न सत्तापक्षले कुनै पहल गरेनन् भने सभामुख अग्निप्रसादले पनि पहल गर्नुभएन । प्रतिपक्षले सदन अवरोध गरेपछि सदन सुचारु गर्न सत्तापक्ष र सभामुखले कुनै पहल नगरेको नेपालको संसदीय इतिहासमा पहिलो हो । सभामुख र सत्तापक्षले सदनको अवरोध सम्बन्धमा बैठक बोलाएको भए पनि उनीहरुले सभामुखकै कर्तूत ढाकछोप गर्ने प्रयास गरेका थिए । त्यसैले एमालेले अनौपचारिक वैठकहरु पनि बहिष्कार गरेको थियो । 

नेपालको संसदीय इतिहासमा सभामुख अग्निप्रसादको कालखण्ड कालरात्रीका रुपमा दर्ज भएको छ । 

सत्तामा रहेका कांग्रेस र माओवादीहरुले विगतमा संसद् अधिवेशन अन्त्य गर्दा विरोध गर्ने गरेका थिए । संघीय सदनमा अहिले ५० भन्दा धेरै विधेयकहरु थन्किएर बसेका छन् । प्रतिपक्षी एमालेसँग सहमति खोजेर ती विधेयक अगाडि बढाउनुको साटो सत्तापक्षले अधिवेशन नै अन्त्य गरिदिएको हो । 

प्रतिकृया दिनुहोस