दुई संसदीय समितिको बैठक बस्दै
काठमाडाैं । दुई वटा संसदीय समितिको बैठक बुधबार बस्दैछ ।
प्रतिनिधि सभाकाे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० र विविध सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ।
दिउँसो १ बजे नै राष्ट्रिय सभाकाे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । सिंहदरबारमा नै बस्ने समितिकाे बैठकमा राष्ट्रिय निकुञ्जहरूको अवलोकनबारे छलफल हुनेछ ।


प्रतिकृया दिनुहोस