• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

संघीय सांसदका चारवटा संसदीय समितिका बैठक बस्दै 

सनराइज खबर संवाददाता

काठमाडौं । आज संघीय सांसदका चार वटा संसदीय समितिको बैठक बस्दै छ । 

बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन माथि छलफल हुने कार्यसूची छ ।

बिहान ११ बजे नै पूर्वाधार विकास समितिको बैठक बस्दै छ । बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि मुख्य÷प्रमुख सचेतक र सचेतकहरूसँग छलफल हुनेछ । 

दिउँसो १ बजे नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ ।

 

प्रतिकृया दिनुहोस