आज संघीय सांसदका दुईवटा समितिका बैठक बस्दै
काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभा अन्तर्गतका दुईवटा समितिका बैठक बस्दै छन् ।
आज महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेका हुन् ।
महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा ‘सिड’ को आधारभूत सिफारिस नम्बर ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
राज्य व्यवस्था समितिको बैठक दिउँसो साढे १२ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।


प्रतिकृया दिनुहोस