आज राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो १ः१५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
आज बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/०८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेश कार्यसूची छ ।
यसै गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।


प्रतिकृया दिनुहोस