आज संघीय संसद्का तीन समितिको बैठक बस्दै
काठमाडौं । शुक्रबार संघीय संसद्का तीन समितिको बैठक बस्दै छन् ।
अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने तीन वटा अजेन्डामा छलफल हुनेछन् । समिति अन्तर्गतका उपसमितिहरूमा सदस्य थप तथा हेरफेर, विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा उपसमिति गठन र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ । बैठक ११ः०० बजेबाट सुरु हुनेछ ।
सार्वजनिक लेखा समितिको बैठकमा भने समितिमा प्राप्त उजुरी उपर छलफल सम्बन्धमा हुनेछ । लेखा समितिले यसअघि नै एक सय वटा उजुरी सार्वजनिक गरिसकेको छ । बैठक १०ः१५ बजेबाट सुरु हुनेछ ।


प्रतिकृया दिनुहोस