• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

गाँजा खेति खुल्ला गर्ने कानुन बनाउन सदनमा विधेयक दर्ता

सनराइज खबर संवाददाता

काठमाडौं । लागू पदार्थका रुपमा प्रतिनिधि रहँदै अ‌ाएकाे गाँजाकाे खेती खुला बनाउन नेकपाका सांसद्हरुले चलाउँदै अ‌ाएकाे अभियान अझ चर्केकाे छ । नेकपाका सांसद्हरुले गाँजा खुला गर्ने कानुन बनाउन प्रतिनिधि सभामा विधेयक दर्ता गरेका छन् । साे विधेयक पारित भएमा कानुन बन्नेछ र गाँजा खेतीमाथिकाे प्रतिवन्ध हट्ने छ ।

नेकपाका सांसद् शेरबहादुर तामाङले गाँजा खेती नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता गराएका हुन् । यस अघि नेकपाका सांसद् विराेध खतिवडाकाे अगुवाईमा गाँजा खेती खुला गरियाेस् भनी प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वकाे प्रस्ताव दर्ता गराइएकाे छ । साे प्रस्तावमा प्रतिनिधि सभामा छलफल भने भएकाे छैन ।

शेरबहादुरले साेमबार दर्ता गराएकाे विधेयक निजी हाे । सांसद्हरुले व्यक्तिगत रुपमा पनि विधेयक दर्ता गर्न सक्छन् । प्रतिनिधि सभा नियमावलीको नियम ९९ मा संविधान र नियमावलीको अधिनमा रही संघीय सदनका कुनै पनि सदस्यले विधेयक दर्ता गर्न सक्ने उल्लेख छ । सोही अनुसार सांसद् तामाङले सो विधेयक दर्ता गराएका हुन् ।

औषधी बनाउन र अर्थतन्त्र सुधार्नका लागि गाँजा खेती खुल्ला गर्नुपर्ने भन्दै विधेयक ल्याइएको बताइएको छ । औषधी, वैज्ञानिक अनुसन्धान, व्यावसायिक तथा औद्योगिक प्रयोजनका लागि समेत गुणस्तरिय गाँजा उपलब्ध गराउन नेपालमा गाँजा खेती खुल्ला गर्नुपर्ने तामाङको जिकिर छ ।

आठ वटा परिच्छेद रहेको विधेयकमा ३६ दफा छन् ।

अहिले नेपालमा गाँजा खेतिलाई अवैध मानिन्छ । तर पनि गाँजाको खेती हुने गरेको छ ।

प्रतिकृया दिनुहोस