• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

यातायात व्यवस्था कार्यालय इलामद्वारा तीन करोड राजस्व संकलन

समाचार

मंगलबारे । यातायात व्यवस्था कार्यालय इलामले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा दुई करोड ९९ लाख ७५ हजार नाै सय ५१ राजस्व संकलन गरेको हो । 

चालक अनुमतिपत्र (ड्राइभिङ लाइसन्स) का लागि गएको कात्तिक २७ गतेबाट अनलाइन पारम सुरु भएको हो । त्यसयता बढी राजस्व संकलन सुरु भएको कार्यालयले जनाएको छ । सवारीसाधन करतर्फ दुई करोड ४३ लाख ३८ हजार दुई सय एक संकलन भएको कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै प्रशासनिक दण्डजरिवानातर्फ १० हजार रुपैयाँ संकलन भएको छ । यातायात क्षेत्रको आम्दानी, रुट पर्मिटबाट ६ लाख ३२ हजार ५०  रुपैयाँ संकलन भएको छ । चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट ४९ लाख ९५ लाख सात सय रुपैयाँ संकलन गरेको कार्यालयका लेखा प्रमुख प्रदीप नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले सवारी दर्ता किताब, नवीकरणलगायत समेत राजस्व संकलन भएको छ ।

यातायातसम्बन्धी सम्पूर्ण सेवा सुरु भएसँगै राजस्व संकलन बढ्ने जनाइएको छ । चालक अनुमतिपत्र वितरणसँगै दोब्बर राजस्व संकलन हुने अपेक्षा लिइएको बताइएको छ । इलामबाट नै चालक अनुमतिपत्र वितरण सुरु भएपछि अब बढी राजस्व संकलन हुने अपेक्षा गरिएको कार्यालयका लेखा प्रमुख नेपालले बताउनुभयो ।

उहाँका अनुसार कार्यालयमा चालक अनुमतिपत्रका लागि इलामसहित झापा, पाँचथर, ताप्लेजुङलगायतबाट समेत सेवाग्राही आउन थालेका छन् । 

–रासस
 

प्रतिकृया दिनुहोस