• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

भारतले चाँदी आयातमा पनि गर्‍यो कडाइ

समाचार

समाचार

भारत सरकारले सुनपछि चाँदी आयातमा पनि कडा नीति लागू गरेको छ। भारतको विदेश व्यापार महानिर्देशनालयका अनुसार ९९.९ प्रतिशत शुद्धता भएका सिल्भर बारसहित अन्य सिल्भर बारलाई ‘फ्री’ श्रेणीबाट हटाएर ‘रिस्ट्रिक्टेड’ सूचीमा राखिएको छ। नयाँ नियम तत्काल लागू गरिएको सरकारले जनाएको छ।

पश्चिम एसियामा जारी तनाव र कच्चा तेलको मूल्यवृद्धिका कारण भारतको आयात खर्च बढिरहेको अवस्थामा सरकारले विदेशी मुद्रा बचत गर्न यस्तो कदम चालेको हो। यसअघि सरकारले सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको थियो भने प्लाटिनममा पनि शुल्क बढाइएको थियो।

भारतले ठूलो मात्रामा सुन–चाँदी आयात गर्ने भएकाले अत्यधिक आयातले व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्ने सरकारको भनाइ छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नागरिकलाई अनावश्यक रूपमा सुन नकिन्न र अत्यावश्यक नभएसम्म विदेश भ्रमण नगर्न आग्रह गरेका थिए।

प्रतिकृया दिनुहोस