• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

होर्मुज स्ट्रेट पूर्ण रूपमा खुल्यो, अमेरिकाबाट इरानलाई धन्यवाद

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । मध्यपूर्वमा तनावबीच महत्वपूर्ण मानिने होर्मुज जलडमरु (Strait of Hormuz) युद्धविराम अवधिभरका लागि खुला राख्ने घोषणा इरानले गरेको छ।

इरानका विदेशमन्त्री अब्बास अरागची ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम जारी रहँदासम्म उक्त समुद्री मार्गबाट हुने सम्पूर्ण व्यावसायिक जहाज आवतजावतमा कुनै अवरोध नहुने स्पष्ट पारेका छन्।

उनका अनुसार, हाल लागू युद्धविरामको अवधि समाप्त नहुँदासम्म होर्मुजमार्फत अन्तर्राष्ट्रिय व्यापारिक गतिविधि सहज रूपमा सञ्चालन गर्न दिने निर्णय लिइएको हो। यसअघि इरानले क्षेत्रीय स्तरमा पूर्ण युद्धविराम नभएसम्म मार्ग नखोल्ने अडान राख्दै आएको थियो।

हाल संयुक्त राज्य अमेरिका र इरान बीच अप्रिल २२ सम्मका लागि अस्थायी युद्धविराम कायम रहेको छ।

यस निर्णयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानप्रति आभार व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै होर्मुज खुला गर्ने कदमलाई सकारात्मक संकेतका रूपमा लिएका छन्।

तर, उनले सो मार्ग खुला भए पनि अमेरिकी नौसैनिक उपस्थिति र निगरानी भने यथावत रहने स्पष्ट पारेका छन्। ट्रम्पका अनुसार, सुरक्षा रणनीतिअनुसार अमेरिकाको नाकाबन्दी व्यवस्था कायम रहनेछ, जसको लक्ष्य विशेष रूपमा इरान नै रहने बताइएको छ।

विशेषज्ञहरूका अनुसार विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने होर्मुज खुला रहनु अन्तर्राष्ट्रिय बजारका लागि राहतको विषय हुन सक्छ।

प्रतिकृया दिनुहोस