नेकपाका तीन सांसद्लाई सोधियो स्पष्टिकरण
काठमाडौं । नेकपाको संसदीय दलले तीनजना सांसद्लाई स्पष्टिकरण सोधेको छ । नेपालको नयाँ मानचित्र संविधानमा अंकित गर्न प्रतिनिधि सभामा ल्याइएको संविधान संशोधन विधेयक उपर मतदान हुँदा बैठकमा अनुपस्थित भएकाले उनीहरुलाई स्पष्टिकरण सोधिएको हो ।
नेकपा स्रोत अनुसार संविधान संशोधनको पक्षमा मत दिन बैठकमा नआएपछि गोपाल बम, धनबहादुर बुढा र शिव मण्डललाई स्पष्टिकरण सोधिएको हो । तर, हरिबोल गजुरेलाई भने स्पष्टिकरण सोधिएको छैन ।
गजुरेलले आफू विरामी भएको पहिले नै जानकारी गराइसक्नुभएको थियो, त्यसैले उहाँलाई स्पष्टिकरण नसोधिएको हो– नेकपाका एक नेताले सनराइज खबरलाई जानकारी दिनुभयो ।
संविधान संशोधन विधेयकको पक्षमा मत दिन प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन नेकपा संसदीय दलले व्हीप जारी गरेको थियो । गोपाल, धनबहादुर र शिवले बैठकमा उपस्थित हुन नसक्ने पूर्व सूचना दिनुभएको थिएन । ‘उहाँहरुको स्पष्टिकरण चित्तबुझ्दो भएन भने उहाँहरुको सांसद् पद खारेज हुने गरी कारबाही अगाडि बढाउँछौं’– नेकपाका नेताले सनराइज खबरलाई जानकारी दिनुभयो ।


प्रतिकृया दिनुहोस