पाल्पामा आजदेखि अन्तरव्यवस्थापिका अन्तरसंवाद भेला
काठमाडाैं । पाल्पाको तानसेनमा आजदेखि अन्तरव्यवस्थापिका अन्तरसंवाद भेला हुँदैछ ।
लुम्बिनी प्रदेश सभा सचिवालयकाे आयाेजनामा भेला सुरु हुन लागेकाे हाे । भाेलिसम्म चल्ने भेलामा संघ र प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु सहभागी हुँदैछन् ।
भेलामा सहभागी हुन प्रतिनिधि सभाका सभामुख घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेसहित सबै प्रदेशबाट सभामुखहरूसहितको टोली पाल्पा पुगिसकेकाे छ ।
भेलामा संघीयता कार्यान्वयन गर्दै एक अर्काले गरेको अभ्यासलाई सिक्न र अन्तरव्यवस्थापिका मञ्च नेपाल बनाउने लगायत विषयमा निर्णय हुने बताइएकाे छ ।


प्रतिकृया दिनुहोस