सेफ सन्तोष साह पक्राउ
काठमाडौं । चर्चित सेफ सन्तोष साहलाई बैङ्किङ कसुरसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार साहलाई शुक्रबार राति जनकपुरबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार उनीविरुद्ध बैङ्किङ कसुरसम्बन्धी उजुरी परेपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
गैरीधारास्थित एक भोजनालय खरिद–बिक्रीसँग सम्बन्धित आर्थिक कारोबारको विषयलाई लिएर विवाद उत्पन्न भएको बताइएको छ। उक्त कारोबारमा सहमति अनुसारको सम्पूर्ण रकम भुक्तानी नगरेको आरोप साहमाथि लागेको छ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ।


प्रतिकृया दिनुहोस