• २५ असोज २०८३, आइतबार
  • Sunday,11 October,2026

सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई(विज्ञापनसहित)

खबर स‌ंवाददाता

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रहरी निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ ।

शस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले एन्सपेक्टर र असईका लागि दरखास्त आव्हान गरिएकाे शुक्रबार सूचनामार्फत जानकारी दिएकाे छ ।

सशस्त्रले ७९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) का लागि भर्ना आवेदन खुल्ला गरेकाे हाे । इन्स्पेक्टर साधारण उपसमूह ७१ जना र कानुन उपसमूहमा ८ जना गरी ७९ जना माग गरिएकाे छ । असई साधारण उपसमूहमा ८३ जना माग गरिएकाे छ ।

योग्यता पुगेकाले आजदेखि कात्तिक ६ भित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस
↑