संघीय र प्रदेशका गृह मन्त्रीहरूबीच छलफल
काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्तरिक मामिला तथा कानून (गृह) मन्त्रीबीच छलफल भएकाे छ ।
आइतबार गृह मन्त्रालयमा बसेकाे बैठकमा उपप्रधानमन्त्री श्रेष्ठ र प्रदेशका गृहमन्त्रीबीच प्रहरी समायाेजनकाे विषयमा छलफल भएकाे छ । उहाँहरुबीच प्रहरी समायोजन, संघीय प्रहरी विधेयक, शान्ति सुरक्षा कायम गर्ने लगायत विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएकाे छ ।
बैठकले प्रहरी समायोजन प्रक्रियालाई तत्काल अघि बढाउने निर्णय गरेको छ । प्रहरी समायोजन ऐन र नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय गर्ने) सम्बन्धी ऐनलाई समयानुकूल बनाउने तथा शान्ति सुरक्षासँग महत्व राख्ने नेपाल प्रहरी ऐन, स्थानीय प्रशासन ऐनलाई तत्काल निर्माण गर्ने निर्णय बैठकले गरेकाे हाे ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार माघ १७ गते बस्ने राष्ट्रिय समन्वय परिषद्काे बैठकमा साे निर्णय पेस गरेर छलफल गरिनेछ ।


प्रतिकृया दिनुहोस