• २५ असोज २०८३, आइतबार
  • Sunday,11 October,2026

गृह मन्त्रालयले बनायाे प्रहरी कर्मचारी समायोजन समिति

सनराइज खबर संवाददाता

काठमाडाैं । गृह मन्त्रालयले प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ । 

प्रहरी समायोजनका लागि ५ सदस्यीय समिति गठन गरी काम थालिसकिएकाे गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे छ । 'प्रहरी कर्मचारी समायोजन समिति गठन भई प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ'- विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव सह-संयोजक, प्रहरी प्रधान कार्यालयका डीआईजी, गृहका उपसचिव सदस्य र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य सचिव सदस्य रहेकाे विज्ञप्तिमा उल्लेख छ ।

गृहले समितिमा रहेका व्यक्तिकाे नाम भने सार्वजनिक गरेकाे छैन ।

 

प्रतिकृया दिनुहोस
↑