• २५ असोज २०८३, आइतबार
  • Sunday,11 October,2026

सशस्त्रका एसएसपी दिपक अधिकारी डीआईजीमा बढुवाका लागि सिफारिस

खबर स‌ंवाददाता

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसी) दिपक अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस हुनुभएकाे छ ।

बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपी अधिकारीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेकाे हाे । उहाँलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

बढुवा सिफारिसउपर चित्त नबुझे नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सकिने सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
↑