सशस्त्रकाे स्टाेरमा लागेकाे आगलागी नियन्त्रणमा, एआईजीको नेतृत्वमा छानबिन समिति गठन
काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय स्टाेर (गोदाम घर) मा लागेकाे आगलागी नियन्त्रणमा आएकाे छ ।
आज साेमबार अपरान्ह लागेकाे आगाे ९ वटा दमकलसहित सुरक्षाकर्मीकाे प्रयासमा राति नियन्त्रणमा आएकाे हाे । आगलागीबारे छानबिन गर्न एआईजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरु समेत सम्मिलित ९ सदस्यीय समिति गठन गरिएकाे छ ।
सशस्त्रका कर्मचारीको बन्दोबस्तीका लागि चाहिने सामान भण्डारण गरिएको साे स्टाेरमा साेमबार अपरान्ह भिषण आगलागी भएकाे थियाे । आगलागीबाट ठूलाे क्षति भएकाे आँकलन गरिएकाे छ । क्षतिको विवरण संकलन जारी रहेको र आवश्यक अनुसन्धान भइरहेको सशस्त्रले जनाएकाे छ ।
यसैबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले साे स्टाेरकाे निरीक्षण गर्नुभएकाे छ । त्यसक्रममा उहाँले सिसी क्यामरा हेरेर छानबिन गर्न निर्देशन दिनुभएकाे छ ।


प्रतिकृया दिनुहोस