• २५ असोज २०८३, आइतबार
  • Sunday,11 October,2026

सशस्त्रका ४ डीआईजी र १५ एसएसपीको सरुवा (सूचीसहित)

खबर स‌ंवाददाता

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालका ४ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको सरुवा भएको छ ।

गृहमन्त्रीस्तरको निर्णयअनुसार बुधबार ४ जना डीआईजीकाे सरूवा गरिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएकाे छ ।

जसअनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको मानव स्रोत साधन विभागमा सरुवा गरिएकाे छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालयमा सुर्खेतमा कार्यरत डीआईजी दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा कार्यरत डीआईजी प्रदीपकुमार पाललाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा सरुवा गरिएकाे छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्रोत साधन विभागमा कार्यरत डीआईजीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ ।

सशस्त्रका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको मुख्यालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस
↑