• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

उदयपुरको कटारीमा जिप दुर्घटना, दमक नगरपालिकाका कानुन अधिकृतको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको ज्यान गएको छ । 

चितवनबाट झापा दमकतर्फ जाँदै गरेको स्कारपियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृत कमल बजगाईँको ज्यान गएको हो । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार दमक–३ निवासी ५५ वर्षीय बजगाईँको घटनास्थलमा नै ज्यान गएको हो । मे १ च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई सडक किनाराको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको थियो ।

दुर्घटनामा वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठ, नगरपालिकाकै सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, वडा नं १ निवासी ४५ वर्षीय ज्ञानेन्द्र गौतम, वडा नं २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका–१ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस