• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

अस्पताल भर्ना हुनुपर्ने ओली निवासमै, मध्यराति प्रहरी पुग्यो पक्राउ गर्न 

सनराइज खबर संवाददाता

काठमाडौं । चिकित्सक र परिवारले अस्पताल भर्ना हुन सुझाए पनि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवासमै बसिरहेको स्रोतले जनाएको छ। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकले हिजो नै अस्पताल भर्ना हुन सल्लाह दिएका थिए।

तर आफूलाई पक्राउ गर्न सकिने आशंकामा ओली अस्पताल नगई गुण्डुस्थित निवासमै बसिरहेको स्रोतको दाबी छ।

यसैबीच, ओलीलाई पक्राउ गर्ने विषयमा हिजो राति गृह मन्त्री र सुरक्षा निकायबीच उच्चस्तरीय छलफल भएको थियो। प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूबीच छलफल भएपछि राति करिब २ बजे प्रहरी टोली गुण्डुस्थित ओली निवास पुगेको बताइएको छ।

स्रोतका अनुसार प्रहरी पुगेपछि भक्तपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। सुरक्षा व्यवस्था कडा पारिए पनि सानो समूहमा एमाले कार्यकर्ता गुण्डु पुगेका छन्। गुण्डु प्रवेश गर्ने सबै नाकामा बाक्लो प्रहरी परिचालन गरिएको छ भने सवारीसाधनमा कडा जाँच भइरहेको छ।

प्रतिकृया दिनुहोस